Skip to main content

Search NYU Steinhardt

प्रिय आमाबुबा,

तपाईंको जानकारीको लागि COVID-19 भाइरसको कारण स्कूल बन्द हुने समयमा न्युयोर्क राज्य अंग्रेजी भाषा सिक्ने अभिभावक हटलाइन तपाईंको सेवा गर्न जारी राख्नेछ।

हामी तपाईं र तपाईंको परिवारको राम्रो स्वास्थ्यको लागि कामना गर्दछौ।

हटलाइन दल

न्युयोर्क स्टेट इंग्लिस ल्यांगवेज लर्नर्स पेरेन्ट हटलाईनमा स्वागत छ l हाम्रा इंग्लिस ल्यांगवेज लर्नर्स (इएलएलहरू) ले राम्रो सेवा प्राप्त गर्न सकुन् भनेर सुनिश्चित गर्न आमाबाबु, अविभावक र मात पिताको सम्बन्धमा रहेका अन्य मानिसहरूको एउटा सूचित, सशक्त समुदाय बनाउन महत्त्वपूर्ण हुन्छ l

यो हटलाईन इएलएलहरूको आमाबाबु, अविभावक र मात पिताको सम्बन्धमा रहेका अन्य मानिसहरूलाई आयुक्तको व्यवस्था १५४ बमोजिम उनीहरूको छोराछोरीको अधिकार र सुविधाहरू बारे सूचित गराउन बनाइएको थियो l यसले यी सुविधाहरूको वितरणबारे विशिष्ट सोधपुछको प्रतिक्रिया गर्न संयन्त्र पनि प्रदान गर्दछ l

इएलएलहरूको अविभावकहरूको लागि बिशेष सूचनामूलक पुस्तिकाहरू तयार पारिएको छ:

यदि तपाई तपाइँको अधिकार र छोराछोरीको लागि सुविधाहरू बारे विशेष सोधपुछ गर्न चाहनुहुन्छ भने तपाइँले हामीलाई यहाँको सोधपुछ फाराम भरेर सम्पर्क गर्न सक्नुहुन्छ वा (८००) ४६९-८२२४ मा फोन गर्न सक्नुहुन्छ l यदि तपाई चाहनु हुन्छ भने यो सोधपुछ फाराम डाउनलोड गरेर nysparenthotline@nyu.edu मा इमेल गर्न सक्नु हुन्छ l अथवा २१२-९९५-४१९९ मा फ्याक्स गर्न सक्नुहुन्छ वा निम्न ठेगानामा मेल गर्न सक्नुहुन्छ:

NYS ELL Parent Hotline Team
c/o NYS Statewide Language RBERN at NYU MetroCenter
726 Broadway – 5th Floor
New York, NY 10003